- अभिनेत्री रेखा थापाका लगातार २ वटा फिल्म असफल भए । बाहिरी ब्यानरमा काम गरेकी रेखाकै कारण ‘पलाँस र डायरी’ चल्छ भन्ने यसका निर्माताहरुलाइ विश्वास थियो । तर, सोचे जस्तो भएन । लगातार दुइवटा फिल्म असफल हुँदा रेखालाइ पनि अप्ठ्यारो परेको छ । यसैले, अब रेखाका लागि फिल्म ‘रुद्रप्रिया’ चल्न आवश्यक छ । तर, यो फिल्मको प्रचारमा रेखा आफ्ना अघिल्ला फिल्म जस्तो लागिपरेकी छैनन् ।
अर्कोतिर, यो फिल्ममा अभिनेता आर्यन सिग्देल पनि मुख्य भूमिकामा छन् । आर्यन र रेखाले ८ बर्षपछि एकसाथ पर्दा शेयर गरेका हुन् । तर, फिल्मको प्रचारका लागि आर्यन पनि गम्भिर छैनन् । यसपटक रेखा र आर्यनका लागि यो फिल्म चल्नैपर्ने हुन्छ । तर, दुबै कलाकार फिल्म प्रचारमा खासै गम्भिर किन छैनन् भन्ने प्रश्न अहिले उब्जिएको छ । रेखा त फिल्म चलेपछि दर्शकले आफू मौन बस्नुको कारण वुझ्ने बताउँछिन् ।
स्क्यान्डल मच्चाउन सिपालु रेखालाइ यसपटक ‘रुद्रप्रिया’ किन यति सहज लागेको होला, यो उनले नै वुझ्ने कुरा हो ।