अदिती वुढोथोकी नेपाली फिल्मका लागि पुरानो नाम होइन । उनले, अभिनय गरेको कुनै पनि फिल्म हलमा रिलिज भएको छैन । तर, पनि अदिती कुनै न कुनै कारणले नेपाली मिडियामा चर्चित छिन् ।
अदिती अभिनित फिल्म ‘कृ’ हलमा लाग्ने टुंगो छैन । फिल्मको अझै छायांकन बाँकी नै छ । तर, पनि अदितीको चर्चा भने बेलावखत हुने गरेको छ । सुपरस्टार अनमोल केसीसँग काम गरेकाले पनि अदिती नेपाली मिडियामा यति लाइमलाइटमा रहेकी हुन् ।
अदिती सामाजिक संजालका कारण पनि चर्चामा छिन् । कारण, अदितीले सामाजिक संजालमा राख्ने हट तस्बिर उनलाइ चर्चामा ल्याउने बहाना बनेको छ । हालैमात्र, उनले सेतो विकिनीमा राखेको तस्बिरले फेरि उनी चर्चामा छिन् । सेतो विकिनीमा निकै आकर्षक देखिएकी अदितीको तस्बिरले राम्रै कमेन्ट पनि प्राप्त गरेको छ । नेपाली अभिनेत्रीहरु टू पिसमा खासै देखिदैनन् । झन्, सामाजिक संजालमा उनीहरुको टू पिस तस्बिर देख्न मुश्किल पर्छ । तर, अदिती केहि भिन्न छिन् ।