कात्तिक २ गते लक्ष्मीपूजाको दिनबाट रिलिज हुन लागेको फिल्म ‘रानी’को मुख्य भरोसा नै अभिनेत्री मलिना जोशीमाथि छ । कारण, यो फिल्ममा दर्शकसँग परिचित भएकी अभिनेत्री मलिना मात्र हुन् । फिल्ममा अन्य २ नयाँ अभिनेता छन् भने अनुपविक्रम शाहीलाइ प्रमोशनमा खासै ल्याइएको छैन ।
तर, फिल्मको शिर्ष भूमिकामा रहेकी मलिना नै अहिले अमेरिका हानिएकी छिन् । वुझिएअनुसार, उनी फिल्म रिलिजको केही दिनपछि मात्र नेपाल आउनेछिन् । हुनत, अमेरिका गएपनि मलिनाले सामाजिक संजालमा रानीलाइ प्रमोशन गरिरहेकी छिन् । तर, मलिनाले सामाजिक संजालबाट गरेको प्रमोशनले रानीलाइ कती फाइदा पुग्ला र ?
दयाराम दाहालको महत्वकांक्षी फिल्मले त्रिकोणात्मक प्रेमकथालाइ उठान गरेको छ । मलिनाका लागि ‘रानी’ करिअरसँग पनि जोडिएको छ ।