कात्तिक १७ गतेबाट सोलो रुपमा रिलिज हुन लागेको फिल्म हो, ‘फाटेको जुत्ता’ । अर्जुन कुमारको निर्माणमा निकेश खड्काको निर्देशनमा तयार भएको यो फिल्मलाइ पूर्ण कमेडी कथामा निर्माण गरिएको हो ।
यसको निर्माणपक्षले सोही कमेडी बिषयका कारण दर्शक हलसम्म आउनेमा विश्वस्त देखिएको छ । तर, फिल्मको सार्वजनिक गीत र ट्रेलरले त्यस्तो हाइप कायम गर्न सकेको छैन । फिल्मको ‘आइ एम सरी होस्’ या अभिनेत्री प्रियंका कार्कीको हट आइटम गीत नै किन नहोस्, दुबैले बजारमा खासै गतिलो छाप छाडेका छैनन् । यस्तै, फिल्मको ट्रेलरले पनि त्यस्तो प्रभाव जमाउन सकेको छैन ।
निर्माता अर्जुन कुमार फिल्म चल्नेमा ढुक्क छन् । उनको विश्वास फिल्मका मुख्य कलाकारमाथि पनि छ । तर, अहिले अभिनेता सौगात मल्लको क्रेज फिल्म क्षेत्रमा खासै छैन । सौगातलाइ हेर्न दर्शक हलसम्म पुग्दैनन् । अर्कोतिर, फिल्मकी मुख्य अभिनेत्री प्रियंका कार्कीको पनि आफ्नै बलमा हलसम्म दर्शक तान्ने क्षमता ओरालो लागिरहेको छ । यस्तो, अवस्थामा फिल्म चलाउनका लागि यो फिल्मको निर्माता र निर्देशकलाइ अझै कसरत गर्नुपर्ने देखिन्छ ।