अभिनेता आर्यन सिग्देललाइ ८ बर्षपछि अभिनेत्री रेखा थापासँग काम गराउने योजनामा थिए, फिल्म ‘रुद्रप्रिया’का निर्देशक सुदिप भूपाल सिंह । सुदिपको कन्भिन्सपछि रेखा पनि काम गर्न तयार भएकी थिइन् । तर, जब आर्यनले रेखाको नाम सुने, फोन काटिदिए । यसपछि, भने रेखा र सुदिप दुबै आर्यनले काम गर्दैनन् भन्ने सोचमा पुगिसकेका थिए ।
तर, अभिनेता आर्यनलाइ आफ्नो फिल्ममा अनुवन्धित गराउनका लागि निर्माता एमके पौडेलले खै कस्तो जाँदु चलाए, रेखासँग भेटेर आर्यनले अंकमाल नै गरे ।
काठमाण्डौमा आयोजना भएको फिल्म ‘रुद्रप्रिया’को पत्रकार सम्मेलनमा अभिनेत्री रेखा थापाले यो किस्सा सुनाइन् । अभिनेता आर्यन सिग्देलले भने राम्रो टिमसँग काम गर्न आफू सधै नै इच्छुक रहने गरेको सुनाए । कात्तिक २ गतेबाट रिलिज हुने फिल्मको पत्रकार सम्मेलनमा पहिलो पटक मिडिया फेस गरेका आर्यन र रेखाले आफूहरुविच त्यस्तो ठूलो तिक्तता नभएको सुनाए ।
सामाजिक कथावस्तुलाइ उठान गरिएको फिल्मले महिलाविरुद्ध हुने बलात्कार र एसिड काण्डको कथालाई उठान गरेको छ । तर, सधै नै फिल्मको प्रचारका क्रममा स्क्यान्डल र गसिपमा रमाउने रेखा यसपटक भने चुप देखिएकी छिन् ।