फिल्म हिट होस् या असफल, अभिनेत्री ज्याकलिन फर्नान्डेज हरेक स्थानमा फिट छिन् । ज्याकलिन अभिनित फिल्म ‘जुड्वा’ अहिले बक्स अफिसमा हिट भैरहेको छ । एकातिर, फिल्म हिट भैरहेको समयमा ज्याकलिन भने नयाँ फिल्मको छायांकनमा जोडिएकी छिन् ।
अब, उनै ज्याकिलनले अभिनेता सुशान्त सिंह राजपुतसँग जोडी बाँध्ने भएकी छिन् । यी दुइको मुख्य भूकिमा रहेको फिल्म ‘ड्राइभ’को छायांकन सुरु भएको छ । ज्याकलिनले आफ्नो इन्स्ट्राग्राममा फिल्म छायांकन केहि भिडियो शेयर समेत गरेकी छिन् । तरुण मनसुखानीले यो फिल्मको निर्देशन गरिरहेका छन् । यो फिल्म सन् २०१८ को मार्चमा रिलिज हुनेछ ।
यो फिल्मलाइ हिरु जोहर र करण जोहरले निर्माण गर्न लागेका हुन् । सुशान्त सिंहको फिल्म ‘रब्ता’ यो बर्ष बक्स अफिसमा असफल रह्यो भने ज्याकलिन अभिनित ‘ए जेन्टलम्यान’ पनि बक्स अफिसमा असफल रह्यो । अब, यो जोडीले ‘ड्राइभ’बाट कस्तो धमाका मच्चाउने हो, हेर्न बाँकी नै छ ।