नेपाली फिल्मका निर्माताहरुले आफू सुरक्षित हुने बाटो विभिन्न तरिकाले खोजिरहेका छन् । विदेश राइट्सपछि अहिले डीस होमबाट पनि राम्रो रकम आउन थालेपछि निर्माताले फिल्म वेच्न थालेका छन् । तर, डीस होमको च्यानलमा हलमा फिल्म रिलिज भएकै दिन नयाँ फिल्म दर्शकले घरमा बसी बसी हेर्न पाउँछन् ।
यसले, नेपाली फिल्मलाइ असर पर्ने भन्दै चलचित्र संघले नयाँ निर्णय गरेको छ । नेपाली फिल्म हलमा रिलिज भएकै दिन डीस होममा देखाउन नपाइने, यदि डीस होममा पनि नेपाली फिल्म प्रदर्शन गरेमा हलमा फिल्म प्रदर्शन नगर्ने निर्णय गरिएको छ । यो निर्णयसँगै अहिले नेपाली फिल्म नयाँ बहसको चिरामा गएको छ ।
हलमा नेपाली फिल्मले राम्रो व्यापार गरिरहेको समयमा अब यो चर्को बहसको बिषय बन्ने पक्का छ । निर्माताहरुको छाता संगठन, चलचित्र निर्माता संघले आज कार्यसमिती बैठक डाकेर यो बिषयमा निर्णय गर्दैछ । यसैले, अब हल संचालक र निर्माताविच जुहारी चल्ने र यसले ठूलै रुप लिन सक्ने वुझाइ धेरै फिल्मीकर्मीको छ ।