फिल्म चलेको खण्डमा मात्र हो, कलाकारको उचाइ बन्ने । फिल्म चलेन भने कलाकार केही बर्ष डुल्छन् र हराउँछन् । अभिनेत्री नम्रता सापकोटा पनि अहिले हिट फिल्मकै खोजीमा छिन् ।
उनको भूमिकाले दर्शकलाई न्याय गरेपनि फिल्म हिट नहुँदा उनी समस्यामा छिन् । जसकाकारण, उनी अहिले आफूले काम गरिरहेको फिल्म ‘समर लभ’बाट आफू अत्यन्तै आशावादी रहेको सुनाउँछिन् ।
यो फिल्ममा आफूले अहिलेसम्म निर्वाहा नगरेको भूमिका निर्वाहा गर्न पाएको भन्दै उनले पहिले नै पढिसकेको कथा भएकाले पनि आफू पात्रमा भिजेको उनको भनाइ छ ।
नम्रताले आजसम्म आफूले फरक फरक भूमिका निर्वाहा गरेको समेत दाबी गरिन् । ‘सिग्नेचर, अन्तराल हुँदै ब्रासलेट’सम्म आइपुग्दा आफूले हरेक फिल्ममा फरक भूमिका निर्वाहा गरेको उनको वुझाइ छ ।