बलिउड अभिनेता अक्षय कुमार र निर्माता तथा निर्देशक करण जोहरले सन् २०१९ को होली नयाँ फिल्म रिलिजका लागि बुक गरेका छन् । केही समय अगाडि करण जोहर र सलमान खानको निर्माणमा अक्षय कुमारको मुख्य अभिनय रहनेगरि नयाँ फिल्मको घोषणा गरिएको थियो ।
तर, पछि निजी कारण देखाउँदै यो फिल्म निर्माणबाट सलमानले हात झिकेका थिए । तर, करण र अक्षयको बोन्डिङ पनि तलमाथि भएको छैन । धर्मा प्रोडक्शनको ट्विटर ह्यान्डलबाट घोषणा भए अनुसार अब अक्षय र करण मिलेर फिल्म ‘केशरी’ बनाउने भएका छन् ।
यो फिल्म ‘ब्याटल अफ सारागढी’को कथामा आधारित हुनेछ । यो फिल्मलाइ अनुराग सिंहले निर्देशन गर्ने भएका छन् । अक्षय कुमारले यो फिल्मको घोषणा गर्दै यसमा आफू निकै उत्साहित भएको बताएका छन् ।