अभिनेता निखिल उप्रेती नृत्यमा कमजोर छन् । उनलाई नचाउन देशकै चर्चित र वुझेका कोरियोग्राफरलाई पनि त्यती सजिलो छैन । उनै, निखिललाई कोरियोग्राफर रामजी लामिछानेले फिल्म ‘पिजडा ब्याक एगेन’को एक लोकगीतमा नचाउने कोशिश गरेका छन् ।
माघ ५ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको फिल्ममा अभिनेता निखिलले अभिनेत्री सारासँग नृत्य गरेका छन् । साराको नृत्य बेजोड भएपनि निखिलको नृत्य भने निकै कमजोर छ ।
निखिलले गीत रिलिज कार्यक्रममा आफूले मिहिनेत गरेर केही ठाउँमा कम्मर हल्लाएको बताएका छन् । हिमाल केसी निर्देशित यो फिल्ममा पारिवारिक कथा उठान गरिएको छ । तर, निखिल फिल्ममा भएकाले द्धन्द्धात्मक पाटोलाई बढी फोकस गरिएको हिमालले बताए ।
यो गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । उनलाई अन्जु पन्तले गायकीमा साथ दिएकी छिन् ।