अभिनेत्री केकी अधिकारीलाई फिल्म ‘ऐश्वर्य’को टिमले गीत र टिजर सार्वजनिक सम्म लुकायो । फिल्ममा केकी अधिकारीको कुनै पनि गीत छैन । गीत नहुँदा अभिनेता वा अभिनेत्री खासै चम्किदैनन् पनि भनिन्छ ।
तर, फिल्म रिलिजको दुई साता अगाडि भने यसको निर्माणपक्षले केकीलाई प्रचारमा अगाडि ल्याएको छ । केकीलाई फिल्मको ट्रेलरमा पनि देखाइएको थियो । तर, केकी फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित भएकी थिइनन् ।
उनले, आफू बिरामी छु भन्दै ट्रेलर सार्वजनिक कार्यक्रममा नआएको पत्रकार सम्मेलनमै निर्माता तथा अभिनेता रमेश उप्रेतीले बताएका थिए । तर, कार्यक्रम सकिएको केही समयमै केकीलाई फिल्मको निर्माण यूनिटले दरबारमार्ग क्षेत्रमा देखेको थियो ।
उनै, केकीलाई अहिले फिल्मको पोष्टरमा पनि समावेश गरिएको छ । पोष्टरमा समावेश भएतापनि केकीले खुलेरै प्रचारमा साथ दिएकी छैनन् । केकी आफै पनि फिल्म निर्माणमा लागिरहेकी छिन् । सायद, केकीले सो समयमा कलाकारले फिल्मलाई दिने साथको महत्व वुझ्नेछिन् । कात्तिक ९ गतेबाट रिलिज हुने यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गर्दैछन् । फिल्ममा रमेश उप्रेती, केकी अधिकारी, प्रशान्त ताम्राकार र दीपिका प्रसाइको मुख्य भूमिका छ ।