अभिनेता पल शाह फिल्म क्षेत्रमा छोटो समयमा नै चर्चामा छन् । पहिलो फिल्म ‘नाइ नभन्नु ल ४’बाट फिल्म क्षेत्रमा उदाएका पल ‘म यस्तो गीत गाउँछु’ हिट भएपछि चर्चित बने । नेपालमा अहिले एक दुइवटा फिल्म हिट भएपछि कलाकारले पारिश्रमिक बढाउनु कुनै नौलो कुरा नै होइन ।
उनै, पल शाह १८ लाखको पारिश्रमिकको चर्चा चर्चित बने । फिल्म ‘अनुराग’मा उनले पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमसँग रोमान्स गर्ने तय भयो । फिल्मको समाचार निर्माणपक्षले आफै फैलायो । पल पनि एलिजासँग बसेर इन्टरभ्यू दिन तयार भएका थिए ।
तर, पछि पलले आफूले पुरै कथा नै पढ्न नपाएको भन्दै स्पष्टिकरण दिए । अहिले पलले फिल्म नै छाडिसकेको चर्चा छ । फिल्मका लागि नयाँ अभिनेता अनुवन्धित भएको खबर मिडियामा आएको छ ।
तर, केही फिल्म चर्चित बन्ने वित्तिकै पल पारिश्रमिक र फिल्म छाड्ने दौडमा देखिनु आफैमा उनका लागि फाइदाको कुरा भने होइन । पल जीले यस्ता हल्लाको बारेमा पहिले नै सोच्ने कि ?