जब, अभिनेत्रीहरुको करिअर फिल्म क्षेत्रमा लम्बिदै जान्छ, उनीहरु नयाँ नयाँ अभिनेतासँग रोमान्स गर्न चाहन्छन् । विशेषगरि, नयाँ अभिनेतासँग काम गर्दा आफू पनि फ्रेस नै देखिने वुझाई उनीहरुको छ । अभिनेता दयाहाङ राइपछि अभिनेत्री प्रियंका कार्की अभिनेता आयुष्मान देशराजको प्रेममा छन् । उनले आयुष्मानसँग फिल्ममा काम पनि गरेकी छिन् । उनै, प्रियंका एक नयाँ अभिनेतासँग काम गरिरहेकी छिन् ।
फिल्म ‘के म तिम्रो होइन र’बाट फिल्म क्षेत्रमा डेब्यू गरेका अभिनेता आर्यन अधिकारी अहिले अभिनेत्री कार्कीसँग फिल्म ‘बटरफ्लाइ’मा काम गरिरहेका छन् । यो फिल्म पौषको अन्तिम साताबाट रिलिज हुनेछ ।
फिल्मको एक गीतमा अभिनेता र अभिनेत्रीको बोल्ड एन्ड हट अवतार देख्न सकिन्छ । आर्यन र प्रियंका एक अर्काको साथमा चम्किने दाउमा छन् । फिल्मलाई ओम प्रतिकले निर्देशन गरेका हुन् ।