बलिउड अभिनेता सलमान खान अब बलिउडका कुनै समयका एक चर्चित अभिनेताको करिअर बचाउन धुनमा लागेका छन् । बलिउड अभिनेता बबी देवलको अहिले बलिउडमा कुनै पनि क्रेज छैन । उनी, बलिउडबाट विस्थापित हुने बाटोमा छन् । तर, अभिनेता सलमान अब उनलाई अगाडि ल्याउन तम्सिएका छन् ।
अभिनेता खान रेमो डिसुजाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रेश ३’मा काम गर्न तयार छन् । यो फिल्ममा अब, सलमानको टक्कर बबीसँग हुने भएको छ । बबीले यो फिल्ममा काम गर्न लागेको जानकारी सामाजिक संजालमार्फत दिएका छन् । बबीको एक्सन इमेज, यूवाहरुको स्टाइल आइक, लुक्स, लभर ब्वाइको इमेज र अभिनयका कारण पनि उनले अभिनेता सलमान खानलाई टक्कर दिने कुरामा दुइमत छैन ।
फिल्मको छायांकन अक्टोबरको अन्तिम समयबाट सुरु हुने भएको छ । फिल्मलाई इदमा रिलिज गर्ने तयारी गरिएको छ ।