शुक्रबार बेलुकी काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजना भएको ‘पाँचौ इनास फिल्मी अवार्ड’मा तिन रंग पत्रकारलाई ‘सक्रिय चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
अनलाइनखबर डटकममा कार्यरत पत्रकार विजय सुवेदी ‘आवाज’, ठूलोपर्दा डटकममा जीवन पराजुली र रेडियोकर्मी लोकराज अधिकारीलाई यो पुरस्कार प्रदान गरिएको हो ।
हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले तिन पुरस्कृत पत्रकारलाई पुरस्कार प्रदान गरेका थिए । उनीहरुलाई पुरस्कार पत्र र जनही नगद १० हजार सहित सम्मान प्रदान गरिएको हो ।