कात्तिक २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रोमियो’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरमा प्रेम, आकर्षण, कमेडी र वियोगको कथालाई निकै रोचक तरिकाले प्रस्तुत गरिएको छ ।
काठमाण्डौमा आयोजना भएको ‘इनास फिल्मी अवार्ड’मा फिल्मको ट्रेलर रिलिज गरिएको हो । फिल्मका मुख्य कलाकार हसनराजा खान र ओसिमा बनु, निर्देशक शंकर कार्कीको साथमा निर्मात्री आशिका श्रेष्ठले फिल्मको ट्रेलर सार्वजनिक गरे ।
फिल्ममा मेलिना मानन्धर, हसनराजा खान, नीशा अधिकारी, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मको ट्रेलरले दर्शकलाई हलसम्म तान्ने पक्का छ ।
निर्माता हसन खानले एक नयाँ शैलीको मेकिङमा आफूहरुले प्रयास गरेको बताए । फिल्मको मेकिङ उच्च देखिएको छ । संवाद र गीतले दर्शकको मन छुन सक्छ ।