कात्तिक २४ गतेबाट रिलिज हुन लागेको अर्को फिल्म ‘मेला’को पनि ट्रेलर सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।
फिल्ममा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका छ । फिल्मको ट्रेलरमा कमेडी, प्रेम र मित्रतालाई उठान गरिएको छ । फिल्मको ट्रेलरले दर्शकलाई हलसम्म तान्ने पक्का छ । कारण, सलोनको कमेडी, आमेष र अशिष्माको प्रेमले दर्शकलाई मन पगाल्न सक्छ । फिल्ममा हरि पन्तको कथा, संवाद, पटकथा तथा सह–निर्देशन छ ।
फिल्ममा अष्ट महर्जनको द्धन्द्ध, दिव्य सुवेदीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ । मनोज के मरोडियाको लगानी रहेको फिल्मलाई हरि पन्तले प्रस्तुत गरेका हुन् ।