अभिनेत्री रेखा थापा अभिनित तथा निर्मित फिल्म ‘रुद्रप्रिया’ले ‘पीजी सर्टिफिकेट’ पाएको छ । अब, यो फिल्म हेर्नका लागि बाबु आमाको साथ १६ बर्ष भन्दा तलका बालबालिकालाई चाहिनेछ ।
फिल्म सेन्सर बोर्डबाट ‘पीजी सर्टिफिकेट’ पाउँदै गर्दा फिल्म हलमा प्रदर्शन हुने या नहुने भन्ने पक्का भएको छैन । चलचित्र संघले डीसहोममा र हलमा एकैदिन फिल्म प्रदर्शन नगर्ने भन्दै विज्ञप्ती निकालेपछि रेखाको फिल्म मर्कामा परेको हो । कारण, संघको निर्णय आउनु अगावै रेखाले फिल्म डीसहोममा बेचिसकेकी थिइन् ।
रेखाले फिल्मको प्रचार गरिसकेको, डीसहोममा पनि बेचिसकेको अवस्था संघले निर्णय गर्दा कतै हतारो त भएन भन्ने प्रश्न उब्जिएको छ ।
संघले यो निर्णय गर्दै गर्दा चलचित्र निर्माता संघ, नेपालले भने चलचित्र संघसँग बार्ता गर्ने भन्दै ५ सदस्यिय टोली पनि बनाएको छ । तर, शुक्रबार भएको दुइ संघविचको बार्ता भने असफल भएको छ ।