नेपाली फिल्म क्षेत्रमा नयाँ-नयाँ कथामा फिल्म बनिरहेका छन् । यूवाहरुको फरक सोचका कारण पनि फिल्ममा नयाँ कथा भित्रिएका छन् । अब, केही फिल्ममा सहायक निर्देशकको रुपमा काम गरेका प्रवेश पौडेलले फिल्म ‘अमेरिका बोइज’को निर्देशन गर्ने भएका छन् ।
यो फिल्मको काठमाण्डौमा आइतबार आयोजित पत्रकार सम्मेलनमा घोषणा गरियो । प्रवेशका अनुसार फिल्मले ३ यूवाहरुको एउटा गल्तीले उत्पन्न हुने समस्यालाई फिल्ममा देखाइने बताए ।
फिल्ममा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया र श्रृष्टी कार्कीले अभिनय गर्नेछन् । एक करोडको बजेटमा बन्न लागेको फिल्ममा प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
फिल्ममा इन्द्रप्रसाद खरेल र डम्बर चन्दको लगानी रहने पक्का भएको छ । अभिनेता सुनिल थापाले राम्रो कथावस्तु भएकाले आफूले काम गर्न लागेको बताए । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत रहनेछ । तिहारपछि फिल्मको छायांकन सुरु गरिने प्रवेशको भनाइ थियो ।