निर्माता छविराज ओझासँग करिब १० बर्ष लामो बैबाहिक सम्बन्धलाई विश्राम लगाउँदै अभिनेत्री रेखा थापा अलग भइन् । रेखासँग अलग भएपछि छविले अर्की अभिनेत्री शिल्पा पोखरेललाई नेपाली फिल्म क्षेत्रमा भित्राइन् । छविले शिल्पा अबको नयाँ रेखाको भएको भन्दै उनको प्रशंसा पनि गरे । छविसँग अलग भएकी रेखा र शिल्पाको सम्बन्ध त्यस्तो सुमधुर देखिएन ।
रेखा र शिल्पा एकसाथ कहिल्यै पनि देखिएनन् । तर, सोमबार बेलुकी आयोजना भएको फिल्म ‘रुद्रप्रिया’को प्रिमियरमा भने माहोल फरक देखियो । अभिनेत्री रेखा थापाको निमन्त्रणालाई स्विकार गर्दै निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल कुमारी हल पुगे । शिल्पाले रेखासँग स्टेजमा पुगेर मुस्कानका साथ तस्बिर पनि खिचाइन् ।
तर, छवि भने स्टेज चढ्न मानेनन् । छवि र शिल्पा रेखाको फिल्म हेर्न पुगेपछि उनीहरुको सम्बन्ध फेरि सुमधुर भएको हो कि भन्ने चर्चा चल्यो ।