अभिनेत्री स्वेता खड्काले निर्माण तथा अभिनय गरिरहेको फिल्म ‘कान्छी’ एक लोकभाकाको गीतको छायांकन ललितपुरको श्रीकाली चौरमा गरिएको छ । राजनराज सिवाकोटीको स्वर, शब्द तथा संगीतमा तयार भएको ‘चरी चट्ट परि’ बोलको गीतमा अभिनेत्री खड्काले अभिनेता दयाहाङ राइसँग कम्मर मर्काइन् ।
यो गीतमा गायिका अन्जु पन्तको पनि स्वर छ । ३ दिन लगाएर खिचिएको गीतको भिडियोलाई निकै आकर्षक बनाएको निर्मात्री खड्काले बताइन् । बसन्त श्रेष्ठले कोरियोग्राफी गरेको गीतलाई फिल्मका छायांकार पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
फिल्मलाई भने आकाश अधिकारीले निर्देशन गरेका हुन् । माघ २६ गते फिल्म रिलिज गर्ने तयारी स्वेताको छ । फिल्ममा दयाहाङ राइ, प्रज्वल सुजल गिरी, स्वेता खड्का, भूमिका श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।