अभिनेत्री रेजिना उप्रेतीको फेरिएको रुप हेर्दा उनी कतै फिल्म क्षेत्रमा फेरि कमब्याकको तयारीमा त छैनन् भन्ने अड्कल सहजै लगाउन सकिन्छ । एक दशकसम्म नेपाली फिल्म क्षेत्रमा रेजिनाले कुनै न कुनै रुपमा स्थान जमाइन् । बक्स अफिसमा रेजिनाका बलवुताले फिल्म हिट नभएपनि उनको चर्चा भने कम भएन । रेजिनाको चर्चा फिल्म निर्माणदेखि अभिनयसम्ममा भयो ।
बिहेपछि भने उनी चुपचाप छिन् । झन्, छोरीलाई जन्म दिएपछि यी अभिनेत्रीको रुप पनि बदलिएको थियो । तर, अहिले रेजिना फेरि पुरानै अवस्थामा फर्कने क्रममा छिन् । एक अवार्ड समारोहमा पुगेकी रेजिना दुब्लाएकी थिइन् ।
दुब्लो शरीरमा आकर्षक देखिएकी रेजिना फिल्म क्षेत्रमा फर्कन लागेको चर्चा पनि चल्यो । हुनत, फिट रहनु आफैमा राम्रो कुरा पनि हो । कतै रेजिना पनि फिट रहने बाटोमै दौडिएकी त होइनन् ?