बलिउड अभिनेता साहरुख खानले केही हिट फिल्ममा काम गरेनन्, जसले उनको करिअरलाई अझै माथि लैजान सक्थे । ती मध्ये अधिकांश फिल्म निर्देशक राजकुमार हिरानीका थिए ।
राजकुमार हिरानी, एक यस्ता निर्देशन हुन् जसले निर्देशन गरेका सबै फिल्म हिट छन् । ‘मुन्ना भाई एमबीबीएस’ देखि ‘पीके’ सम्म आइपुग्दा हिरानी बलिउडका सफल निर्देशकमा गनिइसकेका छन् ।
हिरानीको रोजाइमा ‘मुन्ना भाई एमबीबीएसदेखि थि्र इडियट्स’मा अभिनेता साहरुख खान नै पहिलो रोजाइमा थिए । उनै, हिरानीले साहरुखसँग काम गर्न आफू प्रतिक्षामा रहेको बताएका छन् ।
मिडियासँगको कुराकानीमा हिरानीले भने-‘हामी सधै भेट्छौ, काम गर्ने कुरा पनि गर्छौ । तर, काम गर्न पाएका छैनौ । यसपटक भने हामीले एकसाथ काम गर्ने आशा गरेका छौ ।’ हिरानीको यो कुराले पनि उनको फिल्ममा साहरुख चाडै देखिने कुरामा दुइमत छैन ।