२०१० मा प्रदर्शनमा आएको बलीउडस्टार सलमान खान अभिनित चलचित्र ‘दबंग’ले सफलता मात्र पाएन् सलमानलाई पनि थप उचाईमा पुराएको काम गर्यो । जति बेला ‘दबंग’ प्रदर्शन भयो त्यसपछि बलीउडमा एक्शनको नयाँ ट्रेन नै भित्रिएको बताइन्छ । त्यसपछि ‘दबंग २’ बन्यो र अहिले चलचित्रका निर्माता अरवाज खान ‘दबंग ३’ बनाउने तयारीमा रहेका छन् ।
यही चर्चाका बिच नेपाली भूमीमा भोजपुरी चलचित्र ‘दबंग’ को छायाँकन सुरु भएको छ । अधिकांश नेपाली कलाकारहरु लिएर अहिले भोजपुरी चलचित्र ‘दबंग’ को विरगञ्जमा छायाँकन भइरहेको छ । बारा जितपुरका शेर खान अभिनेता रहेको चलचित्रको छायांकन तीन महिनाभित्रमा सकिने निर्माण पक्षले जनाएको छ। खानसँगै नायिकामा जानवी बस्नेत र सुजिता कार्की छन्। खलनायकहरुमा घनश्याम गिरी, शिवजी विश्वकर्माका साथै अन्य भूमिकामा उद्यव राय, धर्मेन्द्र पटेल, आर्यन कुमार लगायत छन्। ब्लैक चिली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्मलाई एनआर घिमिरेले निर्देशन गर्दैछन्। निर्माता साजीर अन्सारी र मुन्ना सर्राफका अनुसार फिल्मकी लागत ४५ लाख रुपैयाँ रहनेछ। निर्देशक घिमिरेका अनुसार समाजमा भइरहेको भ्रष्टाचार र सामाजिक कुरीतिविरुद्ध प्रहरीको भूमिकाबारेमा चलचित्र बोल्नेछ ।