‘लज्जा’बाट नेपाली चलचित्रमा डेव्यू गरेकी अभिनेत्री शिल्पा पोख्रेलले त्यसपछि ‘हवल्दार सुन्तली’, ‘फागु’ लगायतका चलचत्रमा काम गरिन् । आफ्नो कामबाट राम्रो तारिफ बटुल्दै आएकी शिल्पाको नयाँ चलचित्र ‘बृन्दावन’ यही भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । चलचित्र ‘हवल्दार सुन्तली’मा धमाकेदार एक्शन प्रस्तुत गरेकी शिल्पाको ‘बृन्दावन’मा पनि एक्शन हेर्न पाइनेछ । चलचित्रको प्रदर्शन मिति नजिकदै गर्दा प्रचार प्रसारमा खासै नदेखिएकी शिल्पाले यो चलचित्र आफ्ना लागि विशेष भएको भन्दै निर्माणपक्षले भनेको स्थानमा पुगिरहेको बताएकी छिन् । एक भेटमा शिल्पाले चलचित्र ‘वृन्दावन’ धार्मिक नाम जस्तो लागेपनि यो एउटा जंगलको नाम भएको बताइन । यही जंगलको सेरोफेरोमा यो चलचित्र घुमेको नायिका पोख्रेलको भनाई छ । चलचित्र बन्दावन ४५ प्रतिशत एक्सन र बाँकी प्रेमका साथमा विभिन्न कुराले बुनिएको उनले खुलासा गरिन् । नेपालगञ्जको गर्मीका कारण एक्सनका दृश्य दिन खुबै गाह्रो भएको भन्दै शिल्पाले छेउमै आगो बालेर फाइट हानेजस्तो अनुभव भएको पनि एक भेटमा सुनाइन् । तर, अहिले आफूले चलचित्र हेर्दा सन्तुष्टी मिलेको उनको भनाई छ । चलचित्रमा शिल्पासँगै बाँदरको पनि मुख्य भूमिका छ । बाँदरसँग काम गर्न गाह्रो भएको अनुभव शिल्पाको छ । उनले भनिन्–‘भाषा नवुझ्ने, दौडिहाल्ने भएकाले पनि काम गर्न केही गाह्रो भएको थियो । तर, अहिले हेर्दा रमाइलो लाग्छ ।’ आफूले चलचित्रको कथावस्तु मन परेकाले नै यसमा काम गरेको उनले सुनाइन् । चलचित्रको प्रचारमा पनि आफू दौडिएको भन्दै ‘वृन्दावन’ हेरेर दर्शक निराश नहुने शिल्पाको दाबी छ । आफ्नो अन्य चलचित्र झै दशकहरुले यो चलचित्रलाई पनि मन पराउने शिल्पाले दाबी गरिन् ।
राजबहादुर सानेको निर्देशनमा तयार भएको यो चलचित्रलाई रुद्र खनालले निर्माण गरेका हुन् ।