केही अभिनेत्रीलाई फिल्म क्षेत्रमा भ्याई नभ्याई छ । कसैलाई भने फिल्म क्षेत्रमा काम नपाएर हैरान छ । फिल्म क्षेत्रमा काम नपाएर हैरान भएका केही अभिनेत्रीको भिडमा पर्छिन्, सुरविना कार्की ।
‘झेली’ फिल्म डेब्यू सुरविनाले अभिनयमा खासै चमत्कार गर्न नसकेपछि मुम्बई पुगेर बलिउडका चर्चित कलाकार अनुपम खेरको अभिनय स्कुलमा ३ महिनाको कोर्स सिकिन् । अनुपम खेरसँग अभिनय सिकेपछि नेपाली फिल्ममा आफ्नो करिअर चमत्कारिक रुपमा अगाडि बढ्ने सोच पनि उनको थियो । तर, उनले सोचेजस्तो भएन ।
नेपाल आएर आफूले रोजेका फिल्ममा काम गर्ने सपना उनको पुरा भएन । किनकी, उनले नेपाल आएपछि कुनै पनि फिल्ममा काम पाएकी छैनन् । सार्वजनिक कार्यक्रममा हट पहिरनका कारण बढी चर्चामा आउने सुरविनालाई मुम्बइको अध्ययनले खासै काम दिएन । कोही कलाकार फिल्म नै फिल्म भएर दिनरात काम गरिरहेका छन् । सुरविना भने काम नै नपाएर घरमै थन्किएकी छिन् । आखिर, रंगिन दुनियाँ छ नै गज्जबको ।