फिल्म ‘विन्दास’ निर्माण गरेर फिल्म निर्माणमा समेत सक्रिय बनेका मधुकुमार श्रेष्ठ अब मंसिर १० गते हुन लागेको प्रदेश सभाको निर्वाचनमा समेत होमिएका छन् । उनी, नेपाली कांग्रेसको तर्फबाट धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा –क)बाट सभासदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
नेपाली कांग्रेसको राजनिति भित्र बलियो पकड बनाएका नेता श्रेष्ठले धादिङ क्षेत्र नं १ को प्रदेश सभा(क) बाट प्रदेश सभासद्को लागी उम्मेदवारी मनोनयन दर्ता गरे लगत्तै स्थानियबासिमा खुसियाली छाएकोे बुझिएको छ । खुसियाली दर्शाउन हजारौको संख्यामा सर्वसाधारणहरुको भिड जम्मा भएको थियो भने मोटरसाइकल र्याली समेत निकालिएको थियो ।
आफ्नो गाउँठाउँमा जोकोहिलाइ गाह्रोसाह्रो पर्दा सहयोग गर्ने निर्माता श्रेष्ठले भुकम्प , नाकाबन्दिको समयमा गाउँबासिलाइ असाध्यै सेवा गरेको स्थानियबासि बताउँछन् । कोहि बिरामी पर्दा आफ्नै गाडि लिएर राजधानीबाट धादिङ पुगि उनले धेरैको ज्यान बचाएको स्थानियबासी सम्झन्छन ।
उनले नेपाली फिल्म ‘बजार’ बाट फिल्म निर्माणमा हात हालेका थिए । यसपछि ‘बिन्दास , बिन्दास २ तथा पछिल्लो समयमा उनले स्काउट’ नामक फिल्म निर्माण गरेका थिए । मधुकुमारले आफूले चुनाव जित्नेमा ढुक्क रहेको बताए ।