सोलो भूमिकामा काम गर्दा कलाकारहरु आफूलाई धेरै फाइदा हुने सोच राख्छिन् । फिल्ममा दुई अभिनेता वा अभिनेत्री हुन् वित्तिकै चर्चा बाँडिन्छ । तर, सोलो अभिनेता वा अभिनेत्रीको रुपमा काम गर्दा दर्शकले नोटिस गर्न सजिलो पनि हुन्छ ।
अभिनेत्री अशिष्मा नकर्मी पनि अहिले सोलो हिरोइनको रुपमा काम गरेको फिल्म ‘मेला’का कारण उत्साहित छिन् । अशिष्माले कात्तिक २४ गतेबाट रिलिज हुन लागेको फिल्मको बारेमा भनिन्–‘यो एउटा ३ साथीविचको कथा हो ।
जसको कलेज जीवन सकिएपछि करिअरमा आउने परिवर्तनलाई रोचक तरिकाले फिल्ममा उठान गरिएको छ ।’ यो फिल्ममा आफू सोलो अभिनेत्रीको रुपमा देखिएकाले पनि दर्शकले अझ बढी नोटिस गर्नेमा उनी ढुक्क छिन् । हरि पन्तको प्रस्तुतीमा तयार भएको फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।
फिल्ममा अशिष्माको साथमा सलोन बस्नेत र आमेष भण्डारीको मुख्य भूमिका छ । फिल्ममा सलोनको कमेडी, आमेष र अशिष्मको प्रेमकथाले दर्शकलाई हसाँउने र रुवाउनेछ ।