बिहिबारबाट रिलिज भएको फिल्म ‘ऐश्वर्य’ले आफ्नो विकेन्डलाई निकै राम्रोसँग सदुपयोग गरेको छ । ३ दिनको बिदाले फिल्मलाई राम्रै फाइदा दिएको छ । दिवाकर भट्टराई निर्देशित यो फिल्म हेर्नका लागि काठमाण्डौका सिंगलदेखि मल्टिप्लेक्स हलमा दर्शकको उच्च चाप देखियो ।
फिल्म हेर्न दर्शक हलमा उर्लिएपछि यसको निर्माण टिम पनि हल–हलमा पुग्यो । अभिनेता रमेश उप्रेती, अभिनेत्री दीपिका प्रसाई, खलअभिनेता प्रशान्त ताम्राकार हलमा पुगे । काठमाण्डौको गोपिकृष्ण हलमा पुगेका कलाकारसँग सेल्फी खिच्न दर्शक झुम्मिएका थिए ।
फिल्मले ३ दिनमा २ करोड भन्दा बढीको ग्रस कलेक्शन गरेको बताइएको छ । अब, ३ दिनको बिदापछि आइतबारबाट हुने व्यापारले फिल्मको लाइफटाइम कलेक्शनलाई निक्र्यौल गर्नेछ ।
हलमा अभिनेता रमेश उप्रेती र अभिनेत्री दीपिका प्रसाइ भन्दा पनि बढी क्रेज खलअभिनेता प्रशान्त ताम्राकारको देखियो । धेरैले हिरो भन्दा भिलेन मन पर्यो भनेको समेत सुनिएको थियो ।