अभिनेता अनुप विक्रम शाहीलाई नेपाली फिल्म क्षेत्रमा ‘ह्यान्डसम भिलेन’को रुपमा चिनिन्छ । तर, अब अनुपले यो परिचय पनि विस्तारै बदल्ने सुर कसेका छन् । कारण, अभिनेता शाही अब फरक–फरक भूमिकामा फिल्ममा देखिन थालेका छन् ।
अनुप अभिनित फिल्म ‘कमलेको बिहे’को एउटा गीत रिलिज भएको छ, जहाँ उनी पण्डितको भूमिकामा छन् । यस्तै, अर्को फिल्म ‘हुर्रे’मा पनि अभिनेता शाही पण्डितकै भूमिकामा देखिएका छन् । फिल्मको फस्टलुक रिलिज गरिएको छ ।
पोष्टरमा फिल्मका मुख्य कलाकारहरु अनुपविक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का देखिएका छन् । यी सबै कलाकारलाई हेर्दा उनीहरुको फिल्मी लुक्स स्पष्ट हुन्छ । यो फिल्मलाई कमेडी जनरामा निर्माण गरिएको यसका निर्देशक यम थापाले जानकारी दिए ।
दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको छ भने फिल्ममा सह–निर्माताको रुपमा अरुण सेढाई रहेका छन् ।