अब, नेपाली फिल्म क्षेत्रमा कुनै समयका नम्बर १ जोडी र नम्बर १ अभिनेता र अभिनेत्रीको करिअर ओरालो लागेको छ । कात्तिक २ गते बिहिबारको दिन पारेर रिलिज भएको फिल्म ‘रुद्रप्रिया’ असफल भएसँगै यसका मुख्य कलाकार रेखा थापा र आर्यन सिग्देलको करिअर ओरालो लागेको छ । योसँगै रेखाले असफलतामा ह्याट्रिक समेत गरेकी छिन् ।
बाहिरी ब्यानरका फिल्म नचलेपनि रेखालाई उनकै ब्यानरका फिल्मले भने बचाउने गर्थे । तर, यसपटक रेखा फिल्मस्को ब्यानरमा बनेका फिल्मले पनि रेखाको करिअर बचाएन । जसकाकारण, रेखा थापा असफल अभिनेत्रीको सूचीमा पुगेकी छिन् । उनी अभिनित ‘पलाँस, डायरी र रुद्रप्रिया’ बक्स अफिसमा असफल भए ।
यो फिल्ममा अभिनेता आर्यन र अभिनेत्री रेखाले ८ बर्षपछि एकसाथ फिल्म खेलेका थिए । यसैले पनि बक्स अफिसमा फिल्मले बबालै कमाई गर्ने धेरेको विश्वास थियो । तर, सोचेजस्तो भएन । फिल्मले ३ दिनको बिदा पाउँदा पनि कुनै चमत्कार गरेन ।
अहिले, आर्यन र रेखामध्ये कसले कसको करिअर डुबायो भन्ने चर्चा चल्न थालेको छ । रेखाले आफ्नै करिअर डुबाइन् भने आर्यनले पनि फिल्म र भूमिका छान्न नजान्दा ओरालो लागेको करिअर पुरै डुबाएका छन् ।