‘तरकारीवाली’को नामले १ बर्ष अगाडि सामाजिक संजाल र विश्वका चर्चित मिडियामा भाइरल भएकी कुसुम श्रेष्ठले एक फिल्ममा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको फिल्मको नाम ‘लम्फू’ हो ।
गोपालचन्द्र लामिछानेले निर्देशन गरेको यो फिल्मको प्रदर्शन मिति तोकिएको छैन । तर, यो फिल्मको निर्माणपक्षले कुसुमको नामलाई क्यास गर्न खोजेको छ । चितवनमा अध्ययन गर्दै आएकी कुसुमले फिल्मबाट आएको पारिश्रीमक समाजसेवामा खर्चिएको बताइन् । उनले, यो समाजले नै आफूलाई चर्चित बनाएको भन्दै अनाथ बालबालिकाका लागि रकम सहयोग गरेको बताएकी हुन् । साथै, उनले आगामी दिनमा पनि समाजसेवालाई नै अगाडि बढाउने बताएकी छिन् ।
कुसुमलाई ‘तरकारीवाली’को रुपमा धेरैले चिनेपछि उनलाई फिल्म, म्यूजिक भिडियो, विज्ञापन र मोडलिङबाट थुप्रै अफर आएको रहेछ । तर, उनले यी कुनै पनि प्रोजेक्ट स्विकार गरिनन् ।
तर, फिल्म ‘लम्फू’को टिमले उनलाई समाजसेवाको बारेमा र डीग्रीसम्मको अध्ययन गराइदिने बताएपछि उनले यो फिल्म खेलेकी हुन् । पपुलर मिडियाका लागि शक्ति बल्दभ घोरासैनीले निर्माण गरेको यो फिल्ममा कविर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिष्का पोखरेल लगायतका कलाकारको अभिनय छ ।