कुनै समय नेपाली फिल्मका कलाकार अमेरिका पुग्दा, ठूलै हल्लाखल्ली हुन्थ्यो । कलाकारको अमेरिका भिजा लाउनु भनेको फलामको चिउरा चपाएजस्तै थियो । तर, अहिले समय बदलिएको छ । कलाकारहरुलाई विश्व भ्रमणका लागि पहिले जस्तो गाह्रो भने छैन ।
यसैले पनि अहिले कलाकारहरु विदेश पुगेको कुरा मिडियामा खासै छाउने गरेको छैन । अभिनेत्री नीता ढुंगाना पनि अमेरिका पुगेकी छिन् । नीता अमेरिका पुगेपछि मिडियामा विभिन्न खालका चर्चा सुरु नभएका होइनन् । उनी, अब उतै बस्ने जस्ता चर्चा पनि सुरु भएका छन् । तर, नीता अमेरिका एक फिल्म महोत्सव र एक अवार्डमा सहभागी हुन पुगेकी हुन् ।
चलचित्र संघले आयोजना गर्न लागेको फिल्म अवार्डमा थोरै मात्र भिसा लाग्ने कलाकारको सूचीमा भाग्यमानी ठहरिइन् नीता । तर, उनी सुरुवातमा भने ‘सान फ्रान्सिस्को ग्लोबल फिल्म अवार्ड’मा सहभागी हुनेछिन् ।
नीता अभिनित फिल्म ‘पञ्चायत’ यो महोत्सवमा देखाइनेछ । नीताले केही दिनपछि आफू नेपाल फर्किने समेत बताएकी छिन् । फिल्ममा असफल भएपनि नीता व्यक्तिगत जीवनमा भने निकै खुशी देखिएकी छिन् ।