अहिले अभिनेत्री प्रियंका कार्कीलाई सजिलो छ । किनकी, उनी ब्याक टू ब्याक दुइवटा फिल्मको छायांकनमा व्यस्त हुँदैछिन् । उनी, अभिनित फिल्म ‘सत्रु गते’को छायांकन अहिले विरगञ्जमा भैरहेको छ । यो फिल्मपछि उनलाई अर्को फिल्म ‘कोहलपुर एक्सप्रेस’मा पनि काम गर्नुछ ।
तर, प्रियंकाका लागि भारतमा रहेका आफ्ना प्रेमी आयुष्मान देशराजलाई भेट्ने गतिलै बहाना भएको छ फिल्म ‘सत्रु गते’ । कसैले सोधिहाले फिल्मको छायांकनमा छु भन्दिए भैहाल्यो ।
उनै, अभिनेत्री अहिले फिल्मको बहाना बनाउँदै भारत पुगेकी छिन् । उनका प्रेमी आयुष्मान देशराज मोडलिङका लागि ३ महिना भारतमा नै बस्नेछिन् । तर, छुट्टिएको केही समयमा नै प्रियंकालाई आयुष्मानको याद आयो । उनी, अहिले प्रेमीलाई भेट्न भारत पुगेकी छिन् । आयुष्मानसँग उनले भेटेको तस्बिर इन्स्ट्राग्राममा पोष्ट गरेकी छिन् । आयुष्मानको यादले प्रियंकालाई सताएपछि कसको के लाग्छ र ?