बलिउड अभिनेत्री कट्रिना कैफ फिल्म ‘टाइगर जिन्दा हे’को छायांकनमा व्यस्त थिइन् । तर, अहिले उनी फिल्मको छायांकन सकेर मुम्बई आइसकेकी छिन् । उनी, मुम्बई आएसँगै अभिनेता साहरुख खानसँग नयाँ फिल्मको छायांकनमा व्यस्त हुन थालेकी छिन् । यसको प्रमाण मुम्बइको बान्द्रामा देखिएको छ ।
अभिनेता साहरुख र अभिनेत्री कट्रिना बान्द्रास्थित एक रेष्टुरेन्टमा लन्च डेटका लागि पुगेका थिए । सो समयमा साहरुखले कट्रिनाको केयर गरेको देखिएको थियो । फिल्म ‘जब तक हे जान’ पछि साहरुख र कट्रिना एक नयाँ फिल्ममा काम गरिरहेका छन् ।
यो फिल्ममा साहरुख होचो व्यक्तिको भूमिकामा देखिदैछन् । आनन्द एल राइको निर्देशनमा तयार भैरहेको यो फिल्मलाई लिएर साहरुख र कट्रिना दुबै उत्साहित छन् । फिल्ममा अनुष्का शर्माको पनि मुख्य भूमिका छ ।
करिअर धरापमा परिरहेको समयमा कट्रिनाका लागि साहरुख र सलमानमध्ये को बढी फाप्छन्, बक्स अफिस रिलिज पछि नै थाहा हुनेछ ।