अभिनेत्री केकी अधिकारीलाई नेपाली फिल्म क्षेत्रमा लक नलागेकी कलाकारको रुपमा चिनिन्छ । फिल्म हिट भयो भने पनि त्यसको क्रेडिट केकीले पाउँदिनन् । तर, उनका अधिकांश फिल्म असफल नै छन् । सायद, यहि सोचेर हो या अरु नै कारणले हो, पौष २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘राज्जा रानी’को टिजरमा केकीलाई स्थान दिइएको छैन ।
यो फिल्मको टिजरमा अभिनेता नाजिर हुसेन नै हाबी देखिएका छन् । फिल्ममा उनको साथमा केकी अधिकारी, कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, संगीता नापित, अरुण रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ ।
पश्चित तराइमा बसोबास गर्दै आएका जनजातीको प्रेमलाई यो फिल्मले पर्दामा उठान गरेको छ । फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् । रमेश एम के पौडेलले आर्यन फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण गरेका हुन् । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम न्यौपानेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी, चन्दन दत्तको सम्पादन छ ।