फिल्म ‘बटरफ्लाई’को छायांकन सकिएको छ । फिल्ममा समावेश अधिकांश दृश्यको छायांकन यस अगाडि नै सकिएको थियो । तर, एक प्रेमगीतको छायांकनसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको घोषणा गरिएको छ ।
‘मायाका रङहरु’ बोलको गीतमा फिल्मका मुख्य कलाकार आर्यन अधिकारी र प्रियंका कार्कीलाई फिचर गरिएको छ । चिसो मौसममा पनि प्रियंकाले मुडेमा निकै बोल्ड दृश्य दिएकी छिन् । आर्यनको अंगालोमा कसिदै प्रियंकाले फिल्मका लागि दृश्य दिएकी छिन् ।
ओम प्रतिकले यो फिल्मको निर्देशन गरेका हुन् । पुष्पाञ्जली अधिकारी, रामशरण राना र भूपेन्द्र सुवेदीको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता रमेश प्रजापति हुन् । सुरेश बज्रचार्यको छायांकन रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्मलाई पौष २८ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।