नेपाली फिल्म क्षेत्रमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री श्रृष्टी श्रेष्ठको राम्रै चर्चा छ । श्रृष्टीको चर्चा अभिनेता सौगात मल्लसँगको प्रेमका कारणले बढी छ भने अभिनेता आर्यन अधिकारीको चर्चा धेरै फिल्म खेलेर छ ।
फिल्म रिलिज नभएपनि आर्यन खाली बसेका छैनन् । उनले काम गरेको पहिलो फिल्म ‘के म तिम्रो होइन र’ बाहेक अन्य फिल्म रिलिज भएको छैन । तर, उनी ब्याक टू ब्याक फिल्ममा काम गरिरहेका छन् ।
अब, आर्यन अभिनेत्री श्रृष्टी श्रेष्ठसँग काम गर्ने तयारीमा छन् । श्रृष्टीको पनि फिल्म ‘गाजलु’ बाहेक अन्य प्रोजेक्ट रिलिज भएको छैन । तर, उनले पनि ‘लाउरे, रोमियो एन्ड मुना’मा काम गरिसकेकी छिन् । अब, यो जोडी सविर श्रेष्ठले निर्देशन गर्न लागेको फिल्म ‘सँगसँगै’मा काम गर्न गइरहेका छन् ।
लभस्टोरी जनराको यो फिल्मको छायांकन कात्तिकको अन्तिमबाट सुरु हुनेछ ।