अभिनेत्री प्रियंका कार्की फिल्ममा अहिलेसम्म पनि राम्रोसँग चल्नु र टिक्नुको पछाडि एउटा कारण छ । त्यो कारण के हो भने, उनी मान्छेहरुलाई राम्रो व्यवहार गर्छिन् ।
अझ, नजिकका फिल्मीकर्मीलाई त उनी फुर्काउन निकै सिपालु छिन् । उनै, प्रियंकाले निर्देशक दीपाश्री निरौलाको निर्देशनमा फिल्म ‘छक्का पन्जा र छक्का पन्जा २’मा काम गरिन् । यस्तै, दीपासँग उनको सहकार्य फिल्म ‘वडा नम्बर ६’बाट नै सुरु भएको हो ।
३ फिल्ममा एकसाथ काम गरेपनि दीपा र प्रियंकाले एकसाथ पर्दा शेयर भने गर्न पाएका छैनन् । यसैले, आफूलाई दीपासँग स्क्रिन शेयर गर्न मन लागेको प्रियंकाले बताउँदै आएकी थिइन् । अब, यी दुई फिल्म ‘सत्रु गते’मा स्क्रिन शेयर गर्न गैरहेका छन् ।
दीपासँग पहिलो पटक स्क्रिन शेयर गर्न पाउँदा आफू अत्यन्त खुशी भएको प्रियंकाले बताएकी छिन् । सायद, दीपालाई फुर्काएर प्रियंका नयाँ फिल्ममा पनि काम गर्न चाहन्छिन् । आखिर, दीपा अहिले हिट फिल्मको मेसिन नै भएकी छिन् ।