अभिनेता सलोन बस्नेतले कात्तिक २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मेला’को प्रचारमा कुनै साथ नदिएपनि अभिनेता आमेष भण्डारी र अभिनेत्री अशिष्मा नकर्मीले भने खुलेरै साथ दिए ।
यी दुइको करिअरका लागि नै यो फिल्म महत्वपूर्ण छ । यसैले, पनि आमेष र अशिष्मा अहिले फिल्म उत्कृष्ट बनेको भन्दै फिल्म हेर्न आग्रह गरिरहेका छन् । अशिष्मा र आमेषले ‘मेला’ मात्र नभएर नेपाली फिल्म हेर्ने संकार बसाल्न आवश्यक रहेको समेत बताएका छन् । नेपाली फिल्म हेरेको खण्डमा मात्र नेपाली फिल्मको विकास हुने यी दुइको भनाई छ ।
फिल्म भित्र रोमान्स, कमेडी, प्रेम, विछोड, द्धन्द्ध सबै भएकाले पनि फिल्म उत्कृष्ट बनेको यी दुइको भनाई छ ।
जसरी एउटा मेलामा मानिसहरु भेटिन्छन् र छुटिन्छन्, त्यस्तै फिल्ममा पनि ३ पात्र भेटिने र छुटिने यी दूइले बताए । बसन्त निरौला निर्देशित फिल्मका प्रस्तुतकर्ता हरि पन्त हुन् । हरि पनि फिल्म राम्रो बनेको भन्दै चल्नेमा ढुक्क देखिएका छन् ।