अब, यो सबैलाई थाहा भएको कुरा हो कि, अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्मा गहिरो प्रेममा छन् । यो जोडी ‘आधा लभ’ फिल्मबाट नजिक भएको हो । यसपछि, यी दुइको प्रेम गहिरो बनेको छ ।
अभिनेता विनय श्रेष्ठसँग ६ बर्ष लामो प्रेमलाई टुंग्याएपछि केही समय एक्लै भएकी अभिनेत्री ऋचा अहिले अर्पणको प्रेममा छिन् । यो जोडीले एकसाथ फिल्ममा काम गरिरहेका छन् । अर्पण र ऋचाले ‘आधा लभ, सुनकेसरी, फिर्के’ नामक फिल्ममा काम गरिसकेका छन् ।
अब, निर्देशक पुरन थापाले यो जोडीलाई लिएर नयाँ फिल्म बनाउने तयारी गरेका छन् । फिल्म ‘कान्छी मट्याङ ट्याङ’ बनाएका पुरनले रियल लाइफ जोडीलाई लिएर कमेडी जनराको फिल्म निर्देशन गर्न लागेका हुन् ।
माता बसुन्धरा मुभिजको प्रस्तुतीमा तयार हुन लागेको कमेडी कथाको फिल्मलाई पहिलो पटक रेड इपिक डब्लू हेलियम एट के क्यामेराले खिचिनेछ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, एनवी महर्जनको द्धन्द्ध, विकास चौधरीको संगीत रहने पक्का भैसकेको छ ।