अभिनेता नाजिर हुसेन र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहनेगरि फिल्म ‘कागजपत्र’को घोषणा काठमाण्डौमा गरिएको छ । अपिल बिष्टको निर्देशनमा बन्न लागेको यो फिल्मलाई वल्र्ड वाइड फिल्म र ष फिल्मको संयुक्त ब्यानरमा निर्माण गरिनेछ । यो फिल्ममा भोलाराज सापकोटा, सरिता गिरी लगायतका कलाकारलाई पनि पर्दामा देख्न पाइनेछ ।
यो फिल्मलाई दाङमा खिचिनेछ । खिलेन्लेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको फिल्ममा लगानी रहनेछ । सामाजिक बिषयलाई हाँस्य जनरामा फिल्ममा प्रस्तुत गरिने बताइएको छ । बिषारद बस्नेत फिल्मका कार्यकारी निर्माता हुन् ।
यो फिल्ममा संगीत सापकोटाको संगीत, अष्ट महर्जनको द्धन्द्ध, निमेष श्रेष्ठको सम्पादन रहने पक्का भएको छ । यो फिल्मको छायांकन क्यासिमिर डिक्शन नामक क्यामेराले गरिनेछ । अभिनेत्री शिल्पा मास्केले राम्रो टिमसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । उनले, फिल्ममा आफू ‘बुनु’ नाम गरेकी यूवतीको भूमिकामा रहेको समेत खुलाइन् । यो फिल्मको छायांकन यहि साताबाट सुरु हुनेछ ।