फिल्म निर्माणसँगै निर्माता हरि पन्तले समाजसेवामा पनि अग्रसरता देखाएका छन् । उनी, निर्मित फिल्म ‘मेला’ कात्तिक २४ गतेबाट रिलिज हुँदैछ । उनै, हरिले अभिनेत्री स्वेता खड्काको ‘स्वेता श्री फाउन्डेशन’लाई केही रकम सहयोग गरेका छन् । स्वेताले काठमाण्डौको राइजिङ मलमा संचालन गरिरहेको हिमालयन जाभामा पुगेर ५१ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
उनले, फिल्म निर्माणसँगै आफूलाई समाजसेवा पनि मनपर्ने भएको भन्दै स्वेताको पवित्र कामका लागि सहयोग गरेको बताए । ‘स्वेता श्री फाउन्डेशन’ले अहिले सिन्धुपाल्चोकको माझी बस्तीमा एकिकृत माझी बस्ती निर्माण गरिरहेको छ ।
अभिनेत्री खड्काले शुक्रबारदेखि रिलिज हुन लागेको फिल्मको सफलताको कामना गरिन् । यो फिल्मले ३ साथीको मित्रताको कथा भन्ने निर्माता पन्तको भनाई छ । उनले, फिल्म राम्रो बनेको भन्दै चल्ने दाबी गरे । अशिष्मा नकर्मी, आमेष भण्डारी र सलोन बस्नेत फिल्मको मुख्य भूमिकामा छन् ।