अली अब्बास जफरको निर्देशनमा तयार भएको अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर जिन्दा हे’को ट्रेलरले सामाजिक संजालमा र युटुबमा हंगामा मच्चाएको छ ।
यो ट्रेलर सार्वजनिक भएको २० घन्टामै १ करोड ४० लाख पटक युटुबमा हेरिएको छ । ट्विटरमा यो फिल्मको ट्रेलरको चर्को बहस पनि भयो । अभिनेता सलमान खान आफ्नो द्धन्द्धात्मक अवतारमा फर्किएपछि दर्शकले उनलाई खुबै रुचाएका छन् ।
डिसेम्बर २२ तारिखबाट रिलिज हुने यो फिल्मले इराकमा आतंकवादीको अपरहणमा परेका २२ जना भारतीय नर्सको कथालाई उठान गरेको छ । उनीहरुलाई छुटाउनका लागि टाइगर फेरि फर्किएको कथा यसमा छ । फिल्मको द्धन्द्धात्मक पाटोको अहिले चौतर्फी तारिफ भैरहेको छ ।