‘मलाई १० बर्षमा पहिलो पटक यति धेरै पीडा भएको थियो । बिहे गरेको भोलीपल्ट यस्तो खबर आयो । के हाम्रो पत्रकारिता यति तल झरेको हो । मेरा लागि यो नर्क नै थियो ।’
अभिनेत्री नीशा अधिकारीले बिहे लगतै आएको एक खबरले हामीलाई निकै पीडा दिएको बताएकी छिन् ।
नीशाको बिहे भएलगतै उनको र व्यापारी दावा शेर्पाको एक खबर सार्वजनिक भएको थियो । नीशा र दावा कुनै समय प्रेममा रहेको खबर सार्वजनिक भएको थियो । नीशा दावाको प्रेममा रहँदा दावाले उनलाई अपार्टमेन्ट र गाडी दिएको र अहिले फिर्ता मागेको भन्दै खबर आएको थियो ।
यो खबर आफूमाथि सुनियोजित रुपमै आक्रामण थियो भन्ने नीशाको वुझाई छ । उनले यो खबर भ्रामक भएको समेत बताइन् । नीशाले आफूलाई सो समय निकै चित्त दुखेको समेत बताइन् ।
अभिनेता हसन राजा खान र नीशा अधिकारीले एकसाथ कुरा गर्दै गर्दा नीशा केही भावूक पनि देखिइन् । उनले, मिडियामाथि कडा कदम चाल्न खोजेपनि आफूलाई आफ्नी आमाले केही नगर्न भनेको बताइन् ।
कात्तिक २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रोमियो’मा हसनराजा खान, नीशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय छ ।