अमेरिका पुगेकी अभिनेत्री नीता ढुंगानाले अमेरिकामा नै रहेका निर्देशक श्याम भट्टराइलाई आफ्नो काँधमा जुरुक्कै बोकेकी छिन् । नीताले श्यामलाई बोकेको तस्बिर फेसबुकमा राख्दै नेपाली फिल्मलाई समर्थन गर्न जरुरी छ समेत भनेकी छिन् ।
यस्तै, अर्की अभिनेत्री प्रियंका कार्कीले पनि अभिनेता दीपकराज गिरीलाई बोकेकी छिन् । उनले पनि नेपाली फिल्मलाई समर्थन गर्न भन्दै लेखेकी छिन् । आखिर, दुई अभिनेत्रीले किन यसरी निर्देशक र कलाकारलाई बोकेका होलान् त ?
यो फिल्म ‘झ्यानाकुटी’को प्रमोशनलाई उनीहरुले सहयोग गरेका हुन् । यो फिल्ममा अभिनेता सौगात मल्ललाई अभिनेत्री वेनिशा हमालले बोकेकी छिन् । यसैले, दुई अभिनेत्रीले फिल्मको समर्थनमा आफ्ना सहकर्मीलाई बोकेका हुन् ।
नीशा अधिकारीले निर्माण गरेको यो फिल्मको चर्चा सामान्य छ । विशेषगरि, अभिनेत्री नीशा अधिकारी र मिडियाविचको लफडाका कारण फिल्मलाई प्रत्यक्ष घाटा लागेको छ । निशा र संचारकर्मीको सम्बन्ध राम्रो छैन । जसको प्रत्यक्ष प्रभाव फिल्मको प्रमोशनमा पनि परेको छ ।