पहिलो लोकलयको गीतले औषत चर्चा पाएपछि माघ ५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पिजडा ब्याक एगेन’को रोमान्टिक गीत रिलिज गरिएको छ । राजधानीमा आयोजना भएको पत्रकार सम्मेलनमा फिल्ममा समावेश ‘तिमी नी आधा’ बोलको गीतको भिडियो सार्वजनिक गरियो ।
अर्जुन पोखरेलको संगीत, मुक्त उदासको शब्द, अन्जु पन्त र अर्जुनकै स्वर रहेको यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकार निखिल उप्रेती र सारा श्रीपालीलाई फिचरिङ गरिएको छ । फिल्मको पर्दामा द्धन्द्ध निर्देशन गर्दै आएका हिमाल केसीले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्मको यो गीतको भिडियोमा सारालाई हट अवतारमा देखाइएको छ । साराको प्रेममा अभिनेता निखिल डुबेका छन् ।
रमेश सुवेदी र बाबुराजा सिंहको लगानी रहेको फिल्ममा बसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् । यो गीतले फिल्मको हाइप क्रियट गर्ने अपेक्षा गरिएको छ । फिल्मको ट्रेलर अझै सार्वजनिक गरिएको छैन ।