फिल्म ‘सत्रु गते’मा समावेश गरिएको लोक भाकाको गीतको छायांकन भव्य सेट लगाएर गरिएको छ । काठमाण्डौमा रहेको समाता अस्पतालमा खिचिएको गीतको भिडियोमा फिल्मका सबै कलाकार देखिएका छन् ।
कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतलाई टंक वुढाथोकीले तयार पारेका हुन् । फिल्मको गीतमा अभिनेता हरिवंश आचार्य, दीपकराज गिरी, पल शाह, अभिनेत्रीहरु दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा देखिएका छन् ।
केहि दिन लगाएर खिचिएको गीतले दर्शकमा फेरि अर्को तहल्का मच्चाउने विश्वास फिल्मका निर्देशक प्रदिप भट्टराइको छ । नेपाली फिल्म क्षेत्रमा एउता आशा गरिएको फिल्मको रुपमा रहेको ‘सत्रु गते’ चैत्र ९ गतेबाट रिलिज हुँदैछ । किरण केसीको लगानी रहेको फिल्मलाई मह संचारले प्रस्तुत गरेको हो ।