बक्स अफिसमा हिटको व्यापार गरेको फिल्म ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले युटुबमा नयाँ रेकर्ड राखेको छ । यो गीतले राखेको रेकर्डलाई भेट्न अब अर्को नेपाली फिल्मको गीतलाई मुश्किल पर्नेछ ।
यो गीतलाई ४ करोड पटक युटुबमा हेरिएको छ । २ करोड पटसम्म त केहि फिल्मका गीतलाई युटुबमा हेरिएको छ । तर, ३ करोड र ४ करोड पटक हेरिएको एउटा मात्र गीत बनेको छ, ‘कुटुमा कुटु’ ।
नेपालको कुल जनसंख्या भन्दा बढी पटक गीत हेरिने आफैमा सुखद कुरा हो । ७ महिना अगाडि यो गीत युटुबमा आएको थियो । राजनराज सिवाकोटीको शब्द, संगीत रहेको गीतमा राजन इशान, मेलिना राई र राजनराजकै स्वर छ । फिल्मको यो गीतमा अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक निश्चल बस्नेत र कलाकार आशिफ शाहलाई देखाइएको छ ।