नेपाली फिल्ममा अहिले यूरोप, अमेरिका, अष्ट्रेलियाका रमणीय लोकेशनको खोजी भैरहेको छ । चोभारको डाँडामा मात्र हेरिरहेका दर्शकले अहिले थुप्रै रमाइला लोकेशनमा फिल्म हेर्न पाएका छन् । अब, फिल्म ‘लिलिबिली’मा दर्शकले टर्कीको लोकेशन पनि हेर्न पाउनेछन् ।
अभिनेत्री प्रियंका कार्कीले फिल्मको छायांकन लण्डनमा सकिएको र आफू टर्कीतर्फ लागेको फेसबुकमा लेखेकी छिन् । उनले टर्कीमा छायांकन हुन लागेको फिल्मको आफू पहिलो हिरोइन हुन पाउँदा खुशी लागेको पनि बताएकी छिन् ।
प्रदिप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही, सविन श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म चैत्र ३० गतेबाट रिलिज हुँदैछ । मिलन चाम्सले फिल्मको निर्देशन गरिरहेका छन् ।